Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रधानमन्त्री ओलीका वकिलको बहसबारे न्यौपानेले यसो भने

प्रधानमन्त्री ओलीका वकिलको बहसबारे न्यौपानेले यसो भने

दैनिकी न्यूज

२, फाल्गुण २०७७
प्रधानमन्त्री ओलीका वकिलको बहसबारे न्यौपानेले यसो भने
images

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन विरुद्ध रिट दायर गर्ने निवेदकहरुले बहस सुरु गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विगतका राजा र राणा शासकहरूको भन्दा बढी अधिकार रहेको भन्ने कानुन व्यवसायीले संविधानको कुन धाराले त्यस्तो अधिकार दिएको छ भन्ने देखाउन नसकेको अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले बताए। विघटनविरुद्धका मुद्दाको सुनुवाइका क्रममा आइतबार जवाफी बहस गर्दै अधिवक्ता न्यौपानेले प्रधानमन्त्रीका निजी वकिलहरूले प्रतिरक्षाका क्रममा उठाएका कुराहरू संवैधानिक आधारमा नरहेको बताए । 'विपक्षी कानुन व्यवसायीले प्रधानमन्त्रीलाई श्री ५ र श्री ३ भन्दा पनि माथिको अधिकार छ भन्नुभयो तर कहाँ कुन धारामा छ स्पष्ट भन्नुभएन,' न्यौपानेले भने, 'उहाँहरूले राज्य सञ्चालन गर्न सीमिति अधिकार दिएको हो, श्री ३ जंगबहादुरभन्दा पनि माथिको अधिकार छ भनेर भन्‍नुभयो र खाली अविशिष्ट अधिकार छ भनेर आउनुभएको छ तर संविधानका धारा देखाउनुभएन ।' प्रधानमन्त्रीमा अविशिष्ट अधिकार छ भनेर प्रतिनिधिसभा विघटन सदर गर्ने हो भने प्रधानमन्त्रीले जे-जे गर्छन् त्यसलाई स्वीकार गर्दै जानुपर्ने न्यौपानेको भनाइ थियो । उनले त्यस्तो अवस्थामा संवैधानिक इजलासको औचित्य नरहने जवाफ दिए । 'प्रधानमन्त्रीले जे गरे पनि हुन्छ भन्ने अविशिष्ट अधिकार छ भन्ने हो भने इजलास नरहे पनि भयो । प्रधानमन्त्रीले जस्तो जस्तो गर्‍यो त्यस्तै मान्दै जाने वा इजलास नै नरहे पनि हुने भयो ।' त्यस्तै, प्रधानमन्त्रीका कानुन व्यवसायी र सरकारी वकिलहरूले प्रतिनिधिसभा विघटन गर्ने आवश्यकताको सिद्धान्त मानेको तर त्यो संविधानको कुन धारामा छ भनेर देखाउन नसकेको न्यौपानेको भनाइ थियो । तीन तहमा राज्यशक्तिको बाँडफाँट गर्ने व्यवस्था रहेको संविधानको धारा ५८ देखाएर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने सरकारी वकिलहरूको तर्कमा दम नभएको न्यौपानेको भनाइ थियो । 'धारा ८५ र ७६ को कुरा ल्याउनुपर्थ्यो । त्यो ल्याउने आधार देख्नुभएन र धारा ७४, ७५ अरु ल्याउनुभयो । यी धाराहरू अप्रासांगिक हुन्,' उनले भने । संविधानमा नभएको धारा देखाएर इजलासले अन्तर्राष्ट्रिय अभ्यास र विगतका मान्यता भनेर व्याख्या गर्न नहुने पनि उनको भनाइ थियो । अहिलेको प्रधानमन्त्रीले गरेको कदम नरोक्ने हो भने भविष्यमा आउने प्रधानमन्त्रीले पनि असिमित अधिकार प्रयोग गर्दै जाने भन्दै उनले रिट जारि हुनुपर्ने बताए ।

images
प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - १७:४३:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology