काठमाडौं । बुधबार सुनको भाउ एघार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन तोलामा ९० हजार तल झरेको जनाएको छ । सात महिनापछि सुन ९० मुनि झरेको हो । महासंघले आज बुधबारका लागि छापावाल सुनको भाउ तोलाको ८९ हजार ८०० रुपैयाँ कायम गरेको छ । हिजोको तुलनामा सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । मंगलबार तोलाको ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको भाउ पनि झरेर ८९ हजार ३५० मा आइपुगेको छ । मंगलबार तोलाको ९० हजार ४०० रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो । यसैगरी, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ । महासंघले बुधबार चाँदीको भाउ तोलाको १३ सय ४० रुपैयाँ तोकेको जनाएको छ ।