Logo

आइतवार, श्रावण २४ गते २०८३

images

झण्डै ३१ लाख नगद सहित १७ जुवाडे पक्राउ

झण्डै ३१ लाख नगद सहित १७ जुवाडे पक्राउ

दैनिकी न्यूज

८, फाल्गुण २०७७
झण्डै ३१ लाख नगद सहित १७ जुवाडे पक्राउ
images

ललितपुर । ललितपुर प्रहरीले ललितपुर महानगरपालिका वडा नं. २६ सुनाकोठीस्थित अजय महर्जनको ४ तले पक्की घरको दोस्रो तलामा जुवातास खेलीरहेको अवस्थामा शुक्रबार १७ जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परीसर ललितपुरबाट प्रहरी निरीक्षक पोषण राज थपलिया र सुरेश राज भट्टको नेतृत्वमा खटिएको ३५ जना प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुको साथबाट ३० लाख ८४ हजार ४०० रुपैयाँ नगद र जुवातास खेल्न प्रयोग भएका १९ बुक तास, १६ थान कौडा, ५ थान क्यारेमको गोटी र १५० थान सिमीको दानासमेत बरामद गरेको परीसर ललितपुरका प्रवक्ता, एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

हारजित हुने गरी जुवातास खेलीरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको एसपी महर्जनले बताए । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ललितपुर वस्ने वर्ष ४३ को राम वहादुर लामा, वर्ष ४० को प्रकाश भण्डारी, वर्ष ४७ को लव कुमार वस्नेत, वर्ष ४३ को राकेश महर्जन, वर्ष ३९ को दिनेश पुडासैनी, वर्ष ५३ को हिटलर श्रेष्ठ, वर्ष २८ को अनिल महर्जन, वर्ष ३६ को श्रीकृष्ण खड्का, वर्ष ४२ को तुलसी राम महर्जन, वर्ष ४६ को सानु कान्छा महर्जन रहेका छन्

त्यस्तै ललितपुर जिल्ला वस्ने वर्ष ४५ को पुर्ण श्रेष्ठ, वर्ष ४८ को विनोद प्रसाद घिमिरे, वर्ष ४० को पुर्ण मान माली, वर्ष ५७ को सानुकान्छा वस्नेत, वर्ष ४६ को राम खत्री, वर्ष ३२ को विनोद महर्जन र वर्ष ५५ को चिरीकाजी महर्जन पक्राउ परेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - १४:५७:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology