Logo

आइतवार, श्रावण २४ गते २०८३

images

किन स्थगित गरियो ओली पक्षको स्थायी समिती बैठक

किन स्थगित गरियो ओली पक्षको स्थायी समिती बैठक

दैनिकी न्यूज

१३, फाल्गुण २०७७
किन स्थगित गरियो ओली पक्षको स्थायी समिती बैठक
images

काठमाडौं । आज बस्ने तय भएको नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । तर गृहकार्य गर्नुपर्ने भएको भन्दै आजको बैठक स्थगित गरिएको स्थायी समिति सदस्य सत्य नारायण मण्डलले जानकारी दिए । बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो । बुधबारको बैठकपछि नेताहरुले बिहीबार पनि बैठक बस्ने जानकारी दिएका थिए । बैठक स्थगित गरेर प्रधानमन्त्री ओली आन्तरिक छलफलमा छन् । आजै मन्त्रीपरिषद्कको बैठक बस्ने संभावना छ ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०७७ बिहिवार - १०:२०:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology