Logo

आइतवार, श्रावण २४ गते २०८३

images

फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस

फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस

दैनिकी न्यूज

१५, फाल्गुण २०७७
फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
images

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान गर्ने निर्णय गरेको छ । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ मा प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा पुनस्र्थापनापछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले संसद् बैठकको आह्वानका लागि सिफारिसको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि बिहीबार प्रधानमन्त्री ओलीले संसद् बैठक आह्वान गर्ने सम्बन्धमा शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुनस्र्थापना गर्दै १३ दिनभित्र पहिलो बैठक बोलाउन आदेश दिएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - ०५:०९:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology