Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आयोगले टुंगो लगाउँदै नेकपाको आधिकारिकता विवाद

आयोगले टुंगो लगाउँदै नेकपाको आधिकारिकता विवाद

दैनिकी न्यूज

१५, फाल्गुण २०७७
आयोगले टुंगो लगाउँदै नेकपाको आधिकारिकता विवाद
images

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । संसद पुनर्स्थापनापछि निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्नुपर्ने समयको चाप हटेकाले समयका हिसाबले केही सहजता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । अब छिट्टै नै निकास दिने उनले बताए । भन्छन्, ‘दलसम्बन्धी विषयमा दर्ता भएको निवेदनमा आयोगबाट अध्ययन, परामर्श भइरहेको छ । यो विषयमा दुबै  पक्षसँग औपचारिक र अनौपचारिकरुमा छलफल जारी छ ।’ सरकारले पुस ५ गते आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेसँगै आयोगले आन्तरिक तयारीलाई तीव्र तुल्याएको थियो । तर सर्वोच्च अदालतको संसद् पुनःस्थापना गर्ने निर्णयसँगै निर्वाचनका सम्पूर्ण क्रियाकलाप रोकिसकेको छ । निर्वाचन सामग्री खरीदका लागि प्रकाशित बोलपत्र पनि रद्द गर्ने क्रममा रहेको बताइएको छ । निर्वाचन घोषण भएसँगै स्थगन भएको मतदाता नामावली दर्ता कार्यक्रम पनि अब केही समयपछि नै खुला गर्ने आयोगको तयारी छ ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - १९:०४:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology