Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने

आज १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने

दैनिकी न्यूज

१८, फाल्गुण २०७७
आज १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज रु १० अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने भएको हो।

ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो।

यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइने छ।

केन्द्रीय बैंकले मङ्गलबार अपराह्न ३ बजे उक्त ऋणपत्र बोलकबोल हुने जनाएको छ।

ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा व्याजकर लाग्नेछ।

विवरणअनुसार प्रतिस्पर्धीलाई रु आठ अर्ब ५० करोड र अप्रतिस्पर्धीलाई रु एक अर्ब ५० करोड छुट्याइएको छ।

घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाई रु ५० हजारले भाग गर्दा निषेध भाग जाने अङ्कमा खरिद गर्न पाउनेछन्। रासस

images
प्रकाशित मिति :फाल्गुण १८, २०७७ मंगलवार - ०७:१४:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology