झापा । झापामा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । कनकाई नगरपालिकास्थित सुरुङ्गामा बुधबार अपरान्ह ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा चार जना गम्भीर घाइते छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुरुङ्गा–माई सडक खण्डमा प्रदेश १–०४–००१च ०१६७ नम्बरको कार र ग्यास बोकेको ट्रक एकआपसमा ठक्कर खाई अनियन्त्रित भएको थियो । ट्रकले कारलाई ओभरट्याक गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । अनियन्त्रित ट्रकमा प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकल पनि ठक्कर खाएको थियो । दुर्घटनामा कारका चालक धरान १६ का दिपक क्षेत्री र कारमा सवार सोलुखुम्बुका दिलीप रानाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । सवारीमा सवार अन्य दुई जना सोलुम्बुकै अन्जु मगर र सुरेश मगरको बिएन्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।