Logo

सोमवार, श्रावण २५ गते २०८३

images

जीप दुर्घटनामा तीन जनाको मृत्यु

जीप दुर्घटनामा तीन जनाको मृत्यु

दैनिकी न्यूज

२२, फाल्गुण २०७७
जीप दुर्घटनामा तीन जनाको मृत्यु
images

दार्चुला । जिल्लाको लेकम गाउँपालिका ६ स्थित उचाकोटमा शनिबार दिउँसो जिप दुर्घटना भएको छ । गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको जिप दुर्घटना हुँदा चालकसहित तीनजनाको मुत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा जिप चालक करन नाथ र स्थानीय बुद्धिबल्लव पन्तको मृत्यु भएको हो अर्का एक जनाको सनाखत भएको छैन । गोकुलेश्वरबाट यात्रु लिएर चौपाता जानेक्रममा लेकम गाउँपालिका–६ उचाकोट मन्दिर नजिक जिप दुर्घटना भएको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताए । प्रहरी निरीक्षक चन्दका अनुसार अहिले इलाका प्रहरी कार्यालय रिठाचौपताबाट सई लोकन्द्र पुजाराको टोली घटनास्थलमा खटिएको छ । जिपमा सवार अन्य ५ जना गम्भीर घाइते भएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७७ शनिवार - १९:४९:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology