Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ओलीले भने-एमाले ब्युँतियाे, माओवादीले सत्ता छोडे यस्तो छ उनको योजना

ओलीले भने-एमाले ब्युँतियाे, माओवादीले सत्ता छोडे यस्तो छ उनको योजना

दैनिकी न्यूज

२३, फाल्गुण २०७७
ओलीले भने-एमाले ब्युँतियाे, माओवादीले सत्ता छोडे यस्तो छ उनको योजना
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी केन्द्रले समर्थन फिर्ता लिए संसद्‌मा विश्वासको मत लिने बताएका छन् । आइतबार साँझ बालुवाटरमा बसेको आफू पक्षीय संसदीय दलको बैठकमा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिने बताएको सांसद महेश बस्नेतले जानकारी दिए । यस्तै ओलीले छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने पनि बताएका छन् । उनले सर्वोच्च अदालतबाट पत्र प्राप्त भइसकेको हुँदा छिट्टै एमाले केन्द्रीय कमिटी बैठक बोलाउने पनि बताए । ‘अदालतले उहाँलाई फैसलाअनुरुप गर्नु भनेर पत्र पठाइसकेको रहेछ । पत्र साविकको नेकपा एमाले अथवा नेकपाको अध्यक्षको हैसियतमा पठाए होला, अब छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाएर अरु कामहरु अगाडि बढ्छन् भन्नु भएको छ ।’  प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर असन्तुष्टि जनाएका थिए । 'सभामुख साझा व्यक्ति हो । तर, उहाँ सिधै राजनीतिक विषयमा प्रवेश गर्नुभयो । यो संसदको गरिमाअनुरुप भएन भन्ने कुरा प्रधानमन्त्रीको थियो। सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - २२:५६:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology