Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गगन थापाले भने, सर्वोच्चले राजनीतिक जटिलता थपियो

गगन थापाले भने, सर्वोच्चले राजनीतिक जटिलता थपियो

दैनिकी न्यूज

२४, फाल्गुण २०७७
गगन थापाले भने, सर्वोच्चले राजनीतिक जटिलता थपियो
images

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नेकपा नामबारे सर्वोच्च अदालतले गरेको फैसलाले राजनीतिक जटिलता थपेको प्रतिक्रिया दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि  बाहिरिने क्रममा सांसद थापाले नेकपा नामसम्बन्धि सर्वोच्च अदालतले मागेभन्दा बढी विषयमा फैसला गरेकाले राजनीतिक जटिलता थपेको बताएका हुन् । नेकपाबाट निर्वाचित सांसद र सभामुखलगायतका बारेमा जटिलता ल्याएको थापाको भनाइ थियो । सभामुख अग्निप्रसाद सापकोटा साबिकको नेकपाबाट निर्वाचित भएका थिए । 'आजको अदलतको फैसलापछि प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्‍यो । बाहिर जसरी कुरा आइरहेको छ कि प्रधानमन्त्रीले विश्वासको मत लिनुभयो, नेकपा एमाले र माओवादी केन्द्र बने, कुरा यत्तिमै टुंगिन्न,' सर्वोच्च अदालतको फैसलाले पार्ने प्रभावतर्फ संकेत गर्दै सांसद थापाले थपे, 'सम्मानित अदालतले भनिदिनुपर्‍यो सभामुखलाई के गर्ने त हामीले ? सभामुखलाई गाई कि त्रिशूल गर्ने कि ? कतापट्टि लाने ?' सभामुख र उपसभामुख फरक-फरक दलको भन्ने संवैधानिक व्यवस्था रहेको र अहिलेका सभामुख नेकपाबाट निर्वाचित भएको भन्दै थापाले अब सभामुखलाई कुन पार्टीको मान्ने भनेर प्रश्न उठाएका हुन् । 'यत्रो धेरै सांसद निर्वाचित भएर आउनुभएको छ त्यो कुन पार्टीको मान्ने ?,' उनले थपे । प्रतिनिधिसभाको उपचुनाव, राष्ट्रिय सभा चुनाव र प्रदेश सभाहरूका उपचुनावबाट नेकपाबाट निर्वाचित भएर आएकाहरूलाई के गर्ने भन्ने प्रश्न उठेको उनको भनाइ थियो ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - ००:२४:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology