Logo

आइतवार, श्रावण २४ गते २०८३

images

वामदेवको नयाँ प्रस्ताव-पहिला नेपाल-खनालसँग एकता

वामदेवको नयाँ प्रस्ताव-पहिला नेपाल-खनालसँग एकता

दैनिकी न्यूज

२५, फाल्गुण २०७७
वामदेवको नयाँ प्रस्ताव-पहिला नेपाल-खनालसँग एकता
images

ललितपुर । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले पार्टी एकता अभियानलाई सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । गौतमनिवास भैँसेपाटीमा सोमबार बसेको पदाधिकारी बैठकले एकताको विकल्प नभएको निष्कर्ष निकालेको हो । बैठकले नेताहरूलाई हठ त्यागेर अघि बढ्न आग्रह गरेको अभियानका सचिव बाबुराम थापाले जानकारी दिए । उनका अनुसार पूर्वएमाले एकीकृत भएपछि मात्रै अभियानका नेता तथा कार्यकर्ता सम्बन्धित कमिटीको बैठकमा सहभागी हुनेछन् । ‘पार्टी एकताको पहिलो चरण भनेको अब पूर्वएमालेको एकता हो,’ थापाले भने, ‘सबैभन्दा पहिला माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरूसँग एकता हुनुपर्छ । त्यसपछि मात्र हामी बैठकमा सहभागी हुन्छौँ । सबै कम्युनिस्ट पार्टीहरू बीचमा सहकार्य गराउँदै अघि बढ्नुपर्ने निष्कर्ष हामीले निकालेका छौँ ।’

images
प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - ००:१८:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology