ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा मंगलबार दिउसो पौने ४ बजे कार दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यू भएको छ ।
गोदावरी नगरपालिका वडा नं. ५ लेले खत्रीगाउँमा बा २ च ५९४९ नम्बरको निजि पजेरो दुर्घटना हुँदा महानरीय प्रहरी प्रभाग फर्सिडोलमा कार्यरत प्रहरी जवान रवि सुनवारको मृत्यू भएको ललितपुर प्रहरी प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए । महर्जनका अनुसार दुर्घटनामा फर्सिडोल प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश मैनाली सहित ५ जना घाइते भएका छन । उनीहरुको ग्वार्को स्थित बि एण्ड बि हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
पजेरोमा सुजन सिजाली मगर, आसिस लामालगायत ५ जना सवार रहेको प्रहरीको भनाई छ । सो कार उकालोमा चढ्न नसकेर दुर्घटना भएको हुनसक्ने एपसी महर्जनले बताए ।