Logo

आइतवार, श्रावण २४ गते २०८३

images

राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र

राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र

दैनिकी न्यूज

२५, फाल्गुण २०७७
राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र
images

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्रलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगाना र मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो। डेपुटी गभर्नरको लागि गभर्नरको सिफारिसमा अर्थमन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर नियुक्त गर्ने प्रावधान रहेको छ। डेपुटी गभर्नर हुन राष्ट्र बैंकको कार्यकारी निर्देशक पदमा कायम रहेको हुनुपर्ने व्यवस्था छ। हाल कार्यकारी निर्देशक रहेकी ढु‌गाना सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख थिइन् भने मिश्र विदेशी विनिमय विभाग प्रमुख थिए। ढुं‌गाना राष्ट्र बैंकमा सहायक निर्देशक पदबाट सेवा प्रवेश गरेकी हुन् भने मिश्र अधिकृत तृतीय पदबाट सेवा सुरु गरेका हुन्।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - २२:२९:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology