Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटनाः तीन जनाको मृत्यु

काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटनाः तीन जनाको मृत्यु

दैनिकी न्यूज

२९, फाल्गुण २०७७
काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटनाः तीन जनाको मृत्यु
images

काठमाडौं । झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज बिहान ५ बजे, बसमा सवार अभयलालको उपचारको लागि हेटौँडा अस्पताल ल्याएको र चिकित्सकले मृत घोषणा गरेको र दुर्घटनामा गम्भीर भएका सुनिललाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको र चिकित्सकले मृत घोषणा गरेको हो ।

सोही दुर्घटनामा परी ट्रक चालक, सहचालक गरी तीन र बसका सात गरी १० जना घाइते भएका छन् । घाइते सबैको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

उक्त बसमा अन्दाजी ३५ यात्रु सवार थिए । तीमध्ये सातमात्रै घाइते रहेको जनाइएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । रासस

images
प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - ०९:२५:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology