Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बालकुमारी-ओखाट जोड्ने झोलुङ्गे पुल संचालनमा

बालकुमारी-ओखाट जोड्ने झोलुङ्गे पुल संचालनमा

दैनिकी न्यूज

२९, फाल्गुण २०७७
बालकुमारी-ओखाट जोड्ने झोलुङ्गे पुल संचालनमा
images

ललितपुर । ललितपुर महानगरपालीकामा एउटै वडा जोड्ने झोलुङ्गे पुल संचालनमा आएको छ । महानगरपालिका वडा नम्बर २७ सुनाकोठीको बालकुमारीदेखी ओखाट जोड़ने झोलुंगेपुलको शनिबार माओवादी केन्द्रकि स्थायी समिति सदस्य तथा सो क्षेत्रकी सांसद पम्फा भुसालले उद्घाटन गरेकी हुन् । सांसद बिकास कोषको एक करोड बजेटबाट सो पुल निर्माण गरिएको हो । १ सय ३१ मिटर लामो सो पुलमा एकैपटक साढे २ सय मानिस यात्रा गर्न सक्ने प्रदेश सांसद राजकाजी महर्जनले जानकारी दिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेत्री भुसालले झोलुङ्गे पुल निर्माणले सो क्षेत्रका आवतजावतलाई सहजमात्र होईन आन्तरिक पर्यटनलाई बढवा दिने बताइन ।  'बालकुमारी शहरी पर्यटकीय ओखाट पिङ्डोचा जोड्ने झोलुङ्गे पुल' नामाकरण गरिएको छ । प्रदेश सांसद महर्जनले झोलुङ्गे पुल निर्माणले सो क्षेत्रमा आन्तरिक पर्यटक बढ्ने र स्थानीयलाई काम गर्न सहज हुने बताए । 'हिडेर जादा २० मिनेट लाग्ने बाटो अब ५ मिनेटमा छोटिएको छ,' उनले भने, 'अब सो भेगमा आन्तरिक पर्यटक बढ्नेछ जसले  स्थानीयको जीवनस्तर परिवर्तन गराउनेछ ।' पुल उद्घाटन गरेपछी भुसाल लगायतका अतिथिहरु सोही पुलमा वारपार गरेका थिए । 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - १५:०१:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology