ललितपुर । ललितपुरको नख्खुदोबाटोमा गएराति भएको सडक दुर्घटनामा एक जनाको मृत्यू भएको छ । भने अर्का एक जना घाइते भएका छन् ।
गएराति करिब साढे ९ बजे ना २ ख ७५८३ नम्बरको कन्टेनरले प्रदेश नम्बर ३–०२–०१८ प ८३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्की घर भएर हाल ललितपुर महानगरपालिका वडा नं. ४ बागडोल बस्ने ३७ वर्षका गणेशप्रसाद अधिकारीको मृत्यू भएको महानगरीय ट्राफिक परीसर ललितपुरका प्रमुख भोलामान सिंह अधिकारीले बताए ।
मोटरसाइकलको पछाडि बसेका ललितपुरका २५ वर्षका रवि श्रेष्ठ घाइते भएका छन् । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । कन्टेनर चालक जिल्ला सिन्धुपाल्चोक बस्ने वर्ष ३३ का शुकुलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।