Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पैसा लिएर गुडविल सहकारी संस्थाका सञ्चालक फरार, बचतकर्ता हारगुहार गर्दै (फोटोफिचर सहित)

पैसा लिएर गुडविल सहकारी संस्थाका सञ्चालक फरार, बचतकर्ता हारगुहार गर्दै (फोटोफिचर सहित)

दैनिकी न्यूज

२, चैत्र २०७७
पैसा लिएर गुडविल सहकारी संस्थाका सञ्चालक फरार, बचतकर्ता हारगुहार गर्दै (फोटोफिचर सहित)
images

ललितपुर । ललितपुरको कुमारीपाटीमा सञ्चालित गुडविल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक बचतकर्ताको रकम नदिएर सम्पर्कविहीन भएका छन् ।

महिनौंदेखि बचतकर्ताले सो सहकारीसँग बचत रकम माग गर्दै आएकोमा भोलि/भोलि भन्दै टार्दै आएका सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताहरु आक्रोशित भएका छन् । दिनहुँ जसो ठूलो संख्यामा बचतकर्ता सहकारीमा रकम झिक्न गए पनि रकम नपाएर पछि उनीहरू निराश र आक्रोशित भएर फर्किने गरेका छन् ।

सयौं संख्यामा आज बचतकर्ताहरु संस्थाको कार्यालयमा आएका थिए, तर सञ्चालकहरु नभेटिएपछि निराश हुँदै उजुरी दिन भन्दै महानगरीय प्रहरी परिसर, ललितपुर गएका थिए । संस्थाका बचतकर्ता श्याम राई पटक पटक सहकारी कार्यालय धाउदा पनि आफूले बचत गरेको रकम सहकारीले फिर्ता नगरेको दैनिकीन्युजसँग दुखेसो पोखे ।

आफूहरूको बचत गरेको रकम डुबाएर सञ्चालक फरार भएको भन्दै बचतकर्ताहरुले सो सहकारी संस्थाविरुद्ध प्रहरी परीसर ललितपुरमा उजुरी समेत दिएका छन् ।

परीसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जनले सो संस्थाविरुद्ध सोमबार उजुरी परेको स्वीकारे । संस्था विरुद्ध सहकारी विभागमा समेत उजुरी दिन बचतकर्ताहरुलाई सुझाब दिएको बताए ।

जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईले संस्थाका अध्यक्ष र सचिवलाई बोलाएर समस्या हल गर्न सुझाव दिएको बताए । उनले भने, ‘जनताको पैसा डुब्न हुँदैन, यसमा हामी पनि सचेत छौं ।’ पछि संस्थाको कोही पनि व्यक्ति हाम्रो सम्पर्कमा नआएको बजगाईले बताए । गलत गर्नेलाई कानूनको दायरामा ल्याउनु पर्ने बजगाईको भनाइ छ ।

1.1.jpg

1.2.jpg

1.4.jpg

1.5.jpg

1.6.jpg

 

images
प्रकाशित मिति :चैत्र २, २०७७ सोमवार - १६:३१:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology