Logo

आइतवार, श्रावण २४ गते २०८३

images

रास्ट्रपति भण्डारीले किन बोलाइन सर्वदलीय बैठक ?

रास्ट्रपति भण्डारीले किन बोलाइन सर्वदलीय बैठक ?

दैनिकी न्यूज

२, चैत्र २०७७
रास्ट्रपति भण्डारीले किन बोलाइन सर्वदलीय बैठक ?
images

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन् । समसामयिक राजनीतिक विषयबस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रीहरुलाई बोलाएको उनका स्वकीय सचिव डा. भेषराज अधिकारीले बताए । मंगलबार दिउँसो ४ बजे राष्ट्रपति भवन शीतल निवासमा बैठक बस्नेछ । पछिल्लो समयमा दलहरुबीच बढेको अविश्वास र सत्ता समीकरणका लागि दलहरूले छलफल गरिरहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक डाक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

images
प्रकाशित मिति :चैत्र २, २०७७ सोमवार - २३:२९:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology