Logo

सोमवार, श्रावण २५ गते २०८३

images

जीप दुर्घटना हुँदा सिन्धुलीमा ४ जनाको मृत्यु, ७ जना घाइते (नामावली सहित)

जीप दुर्घटना हुँदा सिन्धुलीमा ४ जनाको मृत्यु, ७ जना घाइते (नामावली सहित)

दैनिकी न्यूज

३, चैत्र २०७७
जीप दुर्घटना हुँदा सिन्धुलीमा ४ जनाको मृत्यु, ७ जना घाइते (नामावली सहित)
images

सिन्धुली । मंगलबार दिउँसो जिप दुर्घटना हुँदा सिन्धुलीमा ४ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । सदरमुकामबाट कमलामाई नगरपालिका-७ बाँसकटेरी गइरहेको बा १७ च १११७ जिप घुम्ती मोड्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा कमलामाई-७का ६५ वर्षीय रुद्रबहादुर थापा,१८ वर्षीया रिता यसमाली,१९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षको छोरा मनिष श्रेष्ठ छन् । दुर्घटनामा परि ३८ वर्षीय चालक भोजविक्रम थापा गम्भिर घाइते भएका छन् । उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको डीएसपी मनोजकुमार लामाले बताए । अन्य घाइतेहरुमा २७ वर्षीय धनबहादुर श्रेष्ठ, २० वर्षीय शान्तिमाया थिङ, २२ वर्षीय कविता श्रेष्ठ, ५० वर्षीय सुनमाया थिङ, ३० वर्षीय सुकुमाया पुलामी र उनका छोरा दुई वर्षीय रेमन पुलामी र २८ वर्षीय विनिता श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनिहरुको सदरमुकामकै अस्पतालमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :चैत्र ३, २०७७ मंगलवार - २०:५०:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology