Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ओली सरकार कहिले ढल्छ ? अनन्तले गरे यस्तो खुलासा

ओली सरकार कहिले ढल्छ ? अनन्तले गरे यस्तो खुलासा

दैनिकी न्यूज

३, चैत्र २०७७
ओली सरकार कहिले ढल्छ ? अनन्तले गरे यस्तो खुलासा
images

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले आगामी ५ चैतपछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सत्ता गठबन्धन बन्ने बताएका छन् । संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पुनले चैत ५ मा जसपाको बैठकले निर्णय लिने र तीन पार्टीको सत्ता गठबन्धन बन्ने दाबी गरेका हुन् । दलको बैठकले प्रधानमन्त्री केपी ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेको छ । असंवैधानिक रूपमा प्रतिनिधिसभा भंग गरेका ओली प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने पुनको तर्क छ । पुनका अनुसार बैठकले संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङलाई निरन्तरता दिने निर्णय गरेको छ । यस्तै, राष्ट्रिय सभाको दलको नेतामा दीनानाथ शर्मालाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ । पार्टीको तर्फबाट सरकारमा सहभागी सदस्यसँग प्रत्यक्ष भेटेर संवाद गर्ने र उनीहरूलाई धारणा स्पष्ट गर्न आग्रह गर्ने पनि उनले बताए ।

images
प्रकाशित मिति :चैत्र ३, २०७७ मंगलवार - २१:४१:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology