Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

पत्रकार महासंघको चुनाव चैत २५ गते

पत्रकार महासंघको चुनाव चैत २५ गते

दैनिकी न्यूज

४, चैत्र २०७७
पत्रकार महासंघको चुनाव चैत २५ गते
images

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासंघका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको बुधबारको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए । महासंघको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ । चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासंघले जनाएको छ । निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने जनाइएको छ । समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहेका छन् ।

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - २२:११:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology