बिराटनगर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हप्तादेखि १० दिनभित्र अविश्वास प्रस्ताव ल्याउने बताएका छन् । बिहीबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर जनता समााजवादी पार्टी र माओवादी केन्द्रसँग मिलेर कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने बताएका हुन् । कोइरालाले कांग्रेस नेतृत्वमा गठित सरकारले मंसिरमा संघीय संसद्को निर्वाचन गराउनु पर्ने बताए । उनले संविधान नै धरापमा पार्ने प्रधानमन्त्री ओली नेतृत्वको नेकपा एमालेसँग मिलेर सरकारमा जान नहुने पार्टीमा बहुमत नेताको माग रहेको पनि बताए । कांग्रेसको महाधिवेशन भदौमा गर्नुको विकल्प नभएको कोइरालाको भनाइ थियो ।