Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कति आवेदन पर्यो सिंगटी हाइड्रोको आईपीओमा ?

कति आवेदन पर्यो सिंगटी हाइड्रोको आईपीओमा ?

दैनिकी न्यूज

७, चैत्र २०७७
कति आवेदन पर्यो सिंगटी हाइड्रोको आईपीओमा ?
images

काठमाडौं । शुक्रवारदेखि आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा १ दशमलव ५७ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पहिलो दिन साझ साढे ५ बजेसम्म २ लाख ५० हजार ४२५ जना आवेदकले रू. ४२ करोड ३१ लाख १७ हजार बराबरको ४२ लाख ३१ हजार १७० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले आम सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कासमा ल्याएको हो । सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्ये ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।

आयोजना प्रभावित स्थानियलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो । स्थानियमा कम्पनीले गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १४ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो ।

यो आईपीओ छिटोमा चैत १० गते र ढिलोमा चैत २० गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यो आईपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहमागी सम्पूर्ण बैंक तथा वित्तीयसस्थाबाट पनि आवेदन दिन सकिनेछ । साथै सिडिएससीको मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।

यस कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधारहरुको संकेत गर्ने केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ प्रदान गरेको छ । यस कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट रू। २२ करोड हुने प्रक्षेपण गरिएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू। १०० रहेको छ । आर्थिक अभियानबाट 

images
प्रकाशित मिति :चैत्र ७, २०७७ शनिवार - ०६:३४:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology