Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काङ्ग्रेसका वरिष्ठ नेता पौडेलले अघि सारे नयाँ प्रस्ताव, देउवा तयार होलान ?

काङ्ग्रेसका वरिष्ठ नेता पौडेलले अघि सारे नयाँ प्रस्ताव, देउवा तयार होलान ?

दैनिकी न्यूज

८, चैत्र २०७७
काङ्ग्रेसका वरिष्ठ नेता पौडेलले अघि सारे नयाँ प्रस्ताव, देउवा तयार होलान ?
images

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्व अन्य दललाई दिएर भएपनी ओलीको विकल्प खोज्नुपर्ने बताएका छन्। पुर्व प्रधानमन्त्री तथा सभापति गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति सभामा शनिबार बोल्दै पौडेलले अरु राजनीतिक पार्टीलाई सरकारको नेतृत्वमा अघि सारेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न ढिलाइ गर्न नहुने बताए । देशमा राजनीतिक अन्यौलता भएको भन्दै उनले त्यसलाई अन्त्य गर्न नेपाली कांग्रेसले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्ने बताए। नेतृत्वले निर्णय लिन नसकेको उनको भनाइ छ। उनले भने, ‘अहिलेको संसदमा रहेको हाम्रो पार्टीको नेतृत्वले गर्ने काम, संसदमा रहेका पार्टीहरुमध्ये को–को सँग मिलाएर/मिलेर के गरेर हुन्छ, कसैलाई अगाडि बढाएर हुन्छ कि, आफू अगाडि बढेर हुन्छ कि अहिलेको केपी ओली जसले यत्रो ठुलो उत्पात गरे, उधुम गरे, तिनको विकल्पमा नयाँ सशक्त विकल्प नेपाली कांग्रेसले प्रस्तुत गर्नका लागि समायोजनको संयोजकको भुमिका नेपाली कांग्रेसजस्तो पार्टीले खेल्नुपर्छ।’ उनले थपे, ‘देशलाई ठिक दिशा दिने हैसियत राख्नुपर्छ। देशलाई अन्यौलमा राख्ने होइन। अहिलेको अन्यौललाई अन्त्य गर्ने हैसियत नेपाली कांग्रेसले राख्नु पर्छ। नेपाली कांग्रेसको नेतृत्वले राख्नुपर्छ। नेपाली कांग्रेसको नेतृत्वले राष्ट्रको नेतृत्व दिने यस्तै बेलामा हो।’ नेपाली कांग्रेसका कतिपय नेताहरुले चुनावको पक्षमा बोल्ने गरेको भन्दै उनले नेपाली कांग्रेसले चुनावको पक्षमा वकालत गर्नु नहुने बताए। संसदमा भएका शक्तिहरुलाई समायोजन गरेरै विकल्प दिनुपर्नेमा उनको जोड छ। उनले भने, ‘अदालतको फैसलाले पाँच वर्ष नभई चुनाव गर्ने अनुमति दिँदैन। संसद फेरि विघटन गर्ने कहीँ पनि ठाउँ छैन। त्यस्तो बेलामा मंसिरमा चुनाव गर्छु, आउँदो फागुनमा चुनाव गर्छु भन्दै हिड्ने? कहाँनेर कता फस्दै गयौँ हामी? कसले फसाउन खोज्यो? हामीले अहिले चुनावको कुरा होइन, यही संसदलाई कसरी उपयोग गर्ने, यही संसदमा भएका शक्तिहरुलाई समायोजन गरेर अहिले विकल्प दिने हो।’ वरिष्ठ नेता पौडेलले लोकतन्त्र पक्षधरहरुको सरकार दिनुपर्ने बताए। संविधान बचाउने सरकार ल्याउन र व्यवस्था बचाउने शक्ति यही संसदभित्र निर्माण गर्न नेपाली कांग्रेसले कुशलता देखाउनुपर्ने उनको भनाइ छ।

images
प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - ०६:५३:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology