Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

दैनिकी न्यूज

८, चैत्र २०७७
दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
images

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन ९ गते सोमवार रहेको छ । यी दुबै कम्पनीले लाभांश पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् । उक्त साधारण सभाका लागि चैत १० गते एक दिन बुक क्लोज गर्ने भएकाले चैत ९ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । यस वर्ष महुली लघुवित्तले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश तिवरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारितका लागि चैत २५ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको केन्द्रिय कार्यालय, सप्तरीमा विहान ११ बजे सभा गर्न लागेको हो । लाभांश प्रस्तावसँगै सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय प्रतिवेदन सहित चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ । साथै, प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट चार र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ गरी ६ सञ्चालकको निर्वाचन समेत गर्नेछ । अन्य कुनै वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । त्यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्र्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव पारितका लागि चैत २० गते १९ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । होटल मोनालिसा सौराहा, चितवनमा सभा बोलाईएको हो । सभाले लाभांश सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ५४ लाख ३३ हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो ।

images
प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - १३:१९:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology