Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ओलीले राजिनामा नदिएपछि काङ्ग्रेस नेता सिंहको आक्रोश

ओलीले राजिनामा नदिएपछि काङ्ग्रेस नेता सिंहको आक्रोश

दैनिकी न्यूज

८, चैत्र २०७७
ओलीले राजिनामा नदिएपछि काङ्ग्रेस नेता सिंहको आक्रोश
images

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा एमाले र माओवादी–केन्द्र छाडेर आएका कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराउँदै उनले ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । प्रधानमन्त्री ओलीले न्यूनतम नैतिकतासमेत नदेखाएको सिंहको भनाइ छ । माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजीनामा माग नगरेको परिस्थिति भए पनि राजनीतिक मूल्यमान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । कम्युनिस्ट सरकारले पाँच वर्षसम्म दिएको म्यान्डेट पूरा गर्न नसकेको भन्दै उनले अब बाँकी समयमा थप राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउन सबै दल मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

images
प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - १३:३६:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology