काठमाडौं । सरकारले राष्ट्रिय बिदामा चार दिन थप गरेको छ। आगामी वर्ष २०७८ मा थप ४ दिन चाडपर्व बिदा दिने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।
गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहारको भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको गृह मन्त्रालयले जनाएको छ । २०७८ सालको बिदासम्बन्धी विवरण आजै राजपत्रमा प्रकाशन गर्ने तयारी छ।