Logo

आइतवार, श्रावण २४ गते २०८३

images

देउवाले भने, नयाँ सरकार बन्दैन, अविश्वास प्रस्ताव पनि ल्याउदैनौं

देउवाले भने, नयाँ सरकार बन्दैन, अविश्वास प्रस्ताव पनि ल्याउदैनौं

दैनिकी न्यूज

१०, चैत्र २०७७
देउवाले भने, नयाँ सरकार बन्दैन, अविश्वास प्रस्ताव पनि ल्याउदैनौं
images

बिराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु अहिलेनै तत्काल सरकारमा नजाने बताएका छन् । विराटनगरमा मंगलबार पत्रकारसँगको कुरागर्दै उनले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने दाबी गरे । देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि बताए । ‘कांग्रेसले सरकार बनाउँदैन,’ उनले भने, ‘विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन ।’ कांग्रेस अहिलेको सरकारलाई स्विकारेरै अघि बढ्छ त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले दोहोर्‍याए, ‘कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।’ देउवाले मंगलबारै केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाको घर पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

images
प्रकाशित मिति :चैत्र १०, २०७७ मंगलवार - १४:४९:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology