Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनसरी पुगेर देउवाले बोली फेरे, नयाँ सरकारबारे गरे यस्तो खुलासा

सुनसरी पुगेर देउवाले बोली फेरे, नयाँ सरकारबारे गरे यस्तो खुलासा

दैनिकी न्यूज

१०, चैत्र २०७७
सुनसरी पुगेर देउवाले बोली फेरे, नयाँ सरकारबारे गरे यस्तो खुलासा
images

सुनसरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारसँग बहुमत भएकाले कांग्रेसले चाहदैमा नयाँ सरकार गठन नहुने बताएका छन् । उनले सर्वोच्च अदालतको आदेशपछि एमाले र माओवादी केन्द्रमा विभाजित भए पनि पुष्पकमल दाहालले सरकारको समर्थन फिर्ता नलिएकोले बहुमतको संयुक्त सरकार नै भएको बताए । मंगलबार धरानमा भएको कार्यक्रममा बोल्दै देउवाले सरकार बनाउन निकै सोच्नुपर्ने बताए । ‘अहिले एउटा पार्टी सरकारमा छ, त्यसलाई प्रचण्डजीको पार्टीले समर्थन गरेको छ,' देउवाले भने,' त्यसैले यो संयुक्त सरकार हो । संयुक्त सरकार भएकाले बहुमतको सरकार भयो । बहुमतको सरकार हुँदाहुँदै कांग्रेसले चाहदैमा नयाँ सरकार गठन हुँदैन ।’  माओवादी पनि सरकारमै सामेल भएकाले कांग्रेसलाई सरकार ढाल्ने र बनाउने हतारो नभएको र अहिले सरकारमा जान बल नगर्ने उनले प्रष्ट पारे । ‘तर परि आए छाड्दैन पनि,’ उनले भने । ओलीको बहुमतको सरकार रहेसम्म कांग्रेसले प्रतिपक्षीको भूमिकामा बसेर मुलुकभर संगठन विस्तार गर्दै जाने देउवाले योजना सुनाए ।   

  मंगलबार नै विराटनगरमा देउवाले  सरकार नबनाउने र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पनि नल्याउने बताएका थिए । ‘कांग्रेसले सरकार बनाउँदैन,’ उनले भने, ‘विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन । ‘कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।’

images
प्रकाशित मिति :चैत्र १०, २०७७ मंगलवार - २३:०५:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology