Logo

आइतवार, श्रावण २४ गते २०८३

images

केन्द्रीय बैंकले बोलकबोलबाट ८ अर्बको ट्रेजरी बिल विक्री गर्दै

केन्द्रीय बैंकले बोलकबोलबाट ८ अर्बको ट्रेजरी बिल विक्री गर्दै

दैनिकी न्यूज

१५, चैत्र २०७७
केन्द्रीय बैंकले बोलकबोलबाट ८ अर्बको ट्रेजरी बिल विक्री गर्दै
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवार ८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल विक्री गर्न लागेको हो ।

बैंकका अनुसार २८ दिने अवधिका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्न लागिएको छ । सो बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ । यस्तै १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि विक्री गर्न लागिएको हो । उक्त बिल आगामी असार १५ गते परिपक्व हुनेछ ।

यस्तै १८२ दिनका लागि ३ अर्ब रुपैयाँ बराबरको बिल विक्री गरिनेछ । उक्त बिल आगामी असोज १२ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही चैत ९ गते १५ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गरेको थियो । रासस

images
प्रकाशित मिति :चैत्र १५, २०७७ आइतवार - २०:१६:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology