Logo

आइतवार, श्रावण २४ गते २०८३

images

वृद्ध भत्ता बढाउने सरकारको घोषणा

वृद्ध भत्ता बढाउने सरकारको घोषणा

दैनिकी न्यूज

१७, चैत्र २०७७
वृद्ध भत्ता बढाउने सरकारको घोषणा
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो साउन १ गतेदेखि लागू हुने गरेर सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सामाजिक सुरक्षा प्रबन्धका क्षेत्रमा थुप्रै काम गरेको दाबी गरे । ‘सरकार बनाउने बित्तिकै पहिलो बजेटमा वृद्ध भत्ता किन बढाइएन, यो किन गरिएन, त्यो किन गरिएन भनेर धुम मच्चाइयो । गत बजेटमै बढायौं । सामाजिक सुरक्षाका प्रबन्धका क्षेत्रमा हामीले थुप्रो काम गर्‍यौं,’ ओलीले भने, ‘अरु पनि सामाजिक सुरक्षाका कामहरु गर्दै जान्छौं । अब पनि साउन १ गतेबाट लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्छ नै ।’ सामाजिक सुरक्षा भत्ता बढाउँछु भन्दा पनि कसैलाई आपत्ति हुन सक्ने ओलीको भनाइ छ । ‘अब कसैलाई आपत्ति लाग्ला । बुढाबुढी पनि हेर्न थाल्यो, अपाङ हेर्न थाल्यो । यो सरकार छिटो हटाउनुपर्‍यो । मान्छेहरुलाई भरैबाट यो छटपटी हुन्छ । निद्रा लाग्दैन,’ उनले भने । सरकारले राम्रो काम गर्दागर्दै पनि आलोचना भएको उनको भनाइ थियो ।

images
प्रकाशित मिति :चैत्र १७, २०७७ मंगलवार - २२:२६:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology