Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काङ्ग्रेसको यु टर्न, माग्यो ओलीको राजिनामा, यस्ता छन् निर्णय

काङ्ग्रेसको यु टर्न, माग्यो ओलीको राजिनामा, यस्ता छन् निर्णय

दैनिकी न्यूज

२०, चैत्र २०७७
काङ्ग्रेसको यु टर्न, माग्यो ओलीको राजिनामा, यस्ता छन् निर्णय
images

ललितपुर । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आगामी सरकारको नेतृत्व लिने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको नेतृत्व दाबी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । प्रतिनिधिसभा पुन:स्थापना भइसकेपछि लामो समय मौन बसेको कांग्रेसले अहिले सरकारमा दाबी गर्ने निर्णय लिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्ने ओलीको विस्थापनका लागि छिटो निर्णय लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक-पटक भेटेर आग्रह गर्दै आएका थिए । तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र जनता समाजवादी पार्टी गणितीय आधारमा एकढिक्का भएमा कांग्रेसले नेतृत्व लिने वा अरु दलको नेतृत्वमा नयाँ सरकार बनाउन साथ दिने बताउँदै आएको थियो । प्रचण्डले कांग्रेस र जसपाले प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा आएका दलहरुबीच सरकार बनाउने एकमत हुनासाथ आफ्नो पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आएका छन् । माओवादी केन्द्रले अहिलेसम्म सरकारबाट समर्थन फिर्ता लिएको छैन । पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि साविकको नेकपा विभाजित भएको थियो । 

images
प्रकाशित मिति :चैत्र २०, २०७७ शुक्रवार - २३:२६:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology