Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पत्रकार महासंघ ललितपुरको अध्यक्षमा न्यौपाने र सचिवमा कार्की विजयी ( हेर्नुहोस सूचि)

पत्रकार महासंघ ललितपुरको अध्यक्षमा न्यौपाने र सचिवमा कार्की विजयी ( हेर्नुहोस सूचि)

दैनिकी न्यूज

२६, चैत्र २०७७
पत्रकार महासंघ ललितपुरको अध्यक्षमा न्यौपाने र सचिवमा कार्की विजयी ( हेर्नुहोस सूचि)
images

ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर न्यौपाने नेतृत्वको प्यानल नै विजयी भएको छ । उनले २६७ मत प्राप्त गरेका थिए । न्यौपाने प्रेस संगठनका नेता हुन् । उनका निकटम प्रतिस्पर्धी बाल मुकुन्द आचार्यले ६६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा रनसुर महतराले २३३ मत पाई विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी घनश्याम धमलाले ११३ मत प्राप्त गरेका छन् ।

सचिवमा रामहरि कार्कीले २६९ मत प्राप्त गरी बिजय भएका छन् । उनका निकटम प्रतिस्पर्धी राम शरण न्यौपानेले ७१ मत प्राप्त गरेका छन् ।

सहसचिवमा रविन राई, कोषाध्यक्षमा राजु बस्नेत विजयी भएका छन् ।

खुल्ला सदस्यहरुमा अनिल पन्त, अविन लिम्बु, दीपक अर्याल, विष्णु बहादुर आले, केशव घिमिरे, कृष्ण पौडेल, राम शरण काफ्ले र विनोद श्रेष्ठ विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा गोमा पाण्डे निर्वाचित भएकी छिन् ।

त्यस्ते केन्द्रीय परिसर सदस्य संगिता खड्का, ओपेन्द्र शर्मा, प्रविण कुमार चौधरी, इन्द्र राउत, लक्ष्मण दर्नाल, विजया शर्मा, पदम विश्वकर्मा (लेकाली), वासुदेव श्रेष्ठ, सुरेन्द्र चालिसे र डिल बहादुर ठोकर विजयी भएका छन् भने इश्वरराज ढकाल र संचिता घिमिरे पराजित भएका छन् ।

महिला उपाध्यक्षमा केशरी पुन, समावेशी सहसचिवमा श्याम तण्डुकार, दलित सदस्यमा अम्बर परियार, आदिवासी÷जनजाति सदस्यमा नारायण लिंखा देवान, मधेशी सदस्यमा करुणाकर मल्लिक र अन्य सदस्यमा भक्ति शाह निर्विरोध निर्वाचि भएका छन् ।

चैत २५ गते भएको निर्वाचनमा २८३ मत खसेको निर्वाचन समितिका संयोजक कमल गिरीले जानकारी दिए । अहिले देशभर मतगणना जारी छ ।

Fnj Election 1.jpg

Fnj Election 2.jpg

images
प्रकाशित मिति :चैत्र २६, २०७७ बिहिवार - ११:१२:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology