Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सोमबार १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री

सोमबार १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री

दैनिकी न्यूज

३०, चैत्र २०७७
सोमबार १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री
images

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत सोमबार उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागिएको जनाएको छ ।

त्यसमा आठ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । यस्तै दुई अर्ब २५ करोडको ट्रेजरी बिल भने १८२ दिनका लागि हो ।

सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ । बैंकले यसअघि यही चैत २३ गतेसमेत २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।

images
प्रकाशित मिति :चैत्र ३०, २०७७ सोमवार - ०६:४२:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology