Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सिन्धुलीमा एक शिक्षक मृत फेला

सिन्धुलीमा एक शिक्षक मृत फेला

दैनिकी न्यूज

३१, चैत्र २०७७
सिन्धुलीमा एक शिक्षक मृत फेला
images

काठमाडौं । सिन्धुलीमा एक जना शिक्षक मृत फेला परेका छन्।

बेतनीको प्राथमिक विद्यालय ओख्रेनीमा स्थायी शिक्षक ४७ वर्षीय टंकनाथ पहाडी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

डिएसपी मनोजकुमार लामाका अनुसार आइतबार उनी फिक्कल गाउँपालिका–३ चनौटेमा कांग्रेसको पालिका स्तरीय अगुवाइ भेलाका लागि घरबाट हिँडेका थिए।

तर उनी आइतबार घर फर्किएका थिएनन्। नफर्किएपछि आफन्तहरूले खोज्ने क्रममा गाउँपालिकाको वडा नम्बर ३ नयाँपानीमा सोमबार बिहान उनको शव फेला परेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

images
प्रकाशित मिति :चैत्र ३१, २०७७ मंगलवार - ०९:०३:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology