Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरको विकासमा लाग्ने प्रचण्डको घोषणा, आफ्नै भवन बनाउने पहिलो बन्यो काेञ्ज्याेसाेम

ललितपुरको विकासमा लाग्ने प्रचण्डको घोषणा, आफ्नै भवन बनाउने पहिलो बन्यो काेञ्ज्याेसाेम

दैनिकी न्यूज

४, बैशाख २०७८
ललितपुरको विकासमा लाग्ने प्रचण्डको घोषणा, आफ्नै भवन बनाउने पहिलो बन्यो काेञ्ज्याेसाेम
images

ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ललितपुरको विकास निर्माणमा आफुले सक्दो काम गर्ने बताएका छन् । उनले सडक निर्माणदेखि जिल्लाको अन्य भौतिक संरचनामा समेत आफुले नेतृत्व लिएर काम गर्ने प्रष्ट पारे । 

ललितपुरको काेञ्ज्याेसाेम गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको शुक्रवार उद्घाटन गर्दै प्रचण्डले ललितपुरका धेरै ठाउँमा सडकदेखि अन्य पुर्वाधारको समेत बनाउनपर्ने अवस्था रहेको बताए ।

'म यहाँ आउदै गर्दा कतिपय सडक त निर्माण हुँदै गरेको देखे तर निकै अप्ठ्यारो रहेछ',  प्रचण्डले भने, 'यसको तीब्र कामको लागि पहल गर्नेछु । प्रधानमन्त्री केपी शर्मा ओलीले मलाई यहाँ बसेकै बेला फोन गरे उनलाई भेटेर पनि ललितपुरका सडक विकासलाई तीव्रता दिन भन्नेछु ।'  शुक्रबार विहान प्रधानमन्त्री ओलीले प्रचण्डलाई टेलिफोन गरेका हुन् । 'म यो भवन उद्घाटन गर्न बाटोमा आउँदै गर्दा धेरै पछि प्रधानमन्त्री केपी ओलीको मलाई फोन आयो, प्रचण्डले भने, ‘म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दैछु भने ।’ प्रधानमन्त्री ओलीले धेरैपछि प्रचण्डलाई फोन गरेका हुन् । नेकपा भंग गर्ने सर्वाेच्च अदालतको फागुन २३ को फैसला पनि एमाले र माओवादी केन्द्र अलग अलग भएका छन् । गाउँपालिका भवन उद्घाटन गर्दै प्रचण्डले केही मानिसहरुले संघीयतालाई उल्टो बाटोमा हिडाउन खोजेको टिप्पणी पनि गरे । 'एकथरी मानिसहरुलाई यो गाउँ-गाउँमा सिंहदरबार पुगेको, प्रदेश, गाउँपालिकामा अधिकार प्रत्यायोजन भएको मन परेको छैन । पुराना शासकहरु, ठूलठूला जमिन्दारहरु, दलालहरु, ठूलठूला नोकरशाही पुँजीपतिहरुलाई त्यति मन परेको छैन, उनीहरुले उल्ट्याउन सकिन्छ कि भनेर मौका कुरेर बसेका छन्,' प्रचण्डले थपे, 'तर, अहिले गाउँपालिका, नगरपालिकाहरुमा जसरी जनप्रतिनिधिहरुले काम गर्ने, मेकानिज्म बनेको छ । अब कुनैपनि तागतले यसलाई उल्ट्याउन सक्दैन ।'

कोञ्ज्योसोम गाउँपालिकाको भवन गाउँपालिकाले निर्माण गरेको हो । ललितपुरमा स्थानीय तहबाट बनेको यो भवन पहिलो हो ।

images
प्रकाशित मिति :बैशाख ४, २०७८ शनिवार - १०:३०:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology