काठमाडौं । भक्तपुर र बारामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यू भएको छ ।
भक्तपुर, ठिमी नगरपालिका-२ सानोठिमीस्थित सडकमा रा.२ प ४४३७ नम्बरको मोटरसाइकल र बा.३ ख ४४६५ नम्बरको टिपर एक आपसमा ठक्कर खाई बुधबार राति
दुर्घटना हुँदा मोटरसाइकलमा सवार पुरानो ठिमी बस्ने कैलाली चटकपुर घर भएका ४२ वर्षीय पदमराज पाठकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दाङ लालमठिया बस्ने २४ वर्षीय उमेश चौधरीको सोही अस्पताल हुँदै थप उपाचारका लागि न्यूरो अस्पताल बाँसबारी रिफर गरिएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका-२२ चुरियामाईको ओरालोमा बा.८६ प १६३२ नम्बरको मोटरसाइकल बिहीबार बिहान दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका
करिब ४० वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २
जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।