Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गृहमन्त्री थापाको रिक्त स्थानमा उप निर्वाचनको मिति तोकियो

गृहमन्त्री थापाको रिक्त स्थानमा उप निर्वाचनको मिति तोकियो

दैनिकी न्यूज

९, बैशाख २०७८
गृहमन्त्री थापाको रिक्त स्थानमा उप निर्वाचनको मिति तोकियो
images

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको रिक्त एक स्थानमा उपनिर्वाचन गराउन मिति बिहीबार घोषणा गरेको छ । गृहमन्त्री रामबहादुर थापा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भई नेकपा (एमाले) प्रवेश गर्दा रिक्त भएको सिटमा निर्वाचन हुन लागेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार वाग्मती प्रदेश अन्तर्गतको रिक्त राष्ट्रिय सभाको सो रिक्त स्थानमा २०७८ साल जेठ ६ गते बिहीबारका दिन चुनाव हुनेछ । 'वाग्मती प्रदेश अन्य समूह तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित माननीय रामबहादुर थापा मगरको रिक्त पदमा पूर्तिको लागि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ५ बमोजिम मिति २०७८/०१/०६ को नेपाल सरकारको निर्णयानुसार राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मिति घोषणा भएको छ,' आयोगले भन्यो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ (पैंतीस) दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐन बमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गरिने कानुनी व्यवस्था रहेको छ । सरकारको निर्णयका आधारमा आयोगले उक्त निर्णय लिएको हो । आयोगले राजनीतिक दलहरूलाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनको लागि वैशाख १० गतेदेखि १४ गतेसम्म आयोगमा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिन सूचना पनि जारी गरेको छ ।

images
प्रकाशित मिति :बैशाख ९, २०७८ बिहिवार - २३:४४:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology