Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मोटरसाइकल दुर्घटनामा प्रहरीसहित एकै परिवारका तीनको मृत्यु

मोटरसाइकल दुर्घटनामा प्रहरीसहित एकै परिवारका तीनको मृत्यु

दैनिकी न्यूज

१०, बैशाख २०७८
मोटरसाइकल दुर्घटनामा प्रहरीसहित एकै परिवारका तीनको मृत्यु
images

सिन्धुली । शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–१४ चन्दनपुरमा बेलुका सो मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार दुर्घटनामा दुधौली नगरपालिका–४ डकाहाका २६ वर्षीय यमकुमर (दनुवार) र उनका भतिजहरु १३ वर्षीय आशीष कुमर र ९ वर्षीय अदितकुमरको मृत्यु भएको हो । उनीहरुमध्ये दुई जनाको घटनास्थलमै र अदितको सिन्धुली अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको सिन्धुली प्रहरी कार्यालयका डीएसपी मनोजकुमार लामाले बताए । कमलामाई नगरपालिका ९ को भिमानबाट डकाहातर्फ जाँदै गरेको प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक यमकुमर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी जवानमा कार्यरत रहेको पनि जनाइएको छ ।

images
प्रकाशित मिति :बैशाख १०, २०७८ शुक्रवार - २१:५१:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology