सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १४ चन्दनपुरमा शुक्रबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यू भएको छ ।
सिन्धुलीको भिमानबाट दूधौलीतर्फ जाँदै गरेको प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल चन्दनपुरमा अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा रहेका तीन जनाको मृत्यू भएको हो ।
दुर्घटनामा परि चालक दूधौली नगरपालिका वडा नं. ४ डकाहाका २६ वर्षीय यम कुमर (दनुवार) र उनका भतिज १३ वर्षीय आशिष कुमरको घटनास्थलमा नै मृत्यू भएको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका ९ वर्षीय अतिद कुमर दनुवारको उपचारका लागि सिन्धुली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यू भएको उनले बताए ।