Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नक्कली नोटिसहित ललितपुरबाट एक युवक पक्राउ

नक्कली नोटिसहित ललितपुरबाट एक युवक पक्राउ

दैनिकी न्यूज

१२, बैशाख २०७८
नक्कली नोटिसहित ललितपुरबाट एक युवक पक्राउ
images

ललितपुर । नक्कली नोट कारोबार गर्ने एक व्यक्ति नक्कली नोट सहित पक्राउ परेका छन् ।

नक्कली पैसाको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा शनिबार हुम्ला जिल्ला सार्केटार गाँउपालिका वडा नं. ७ जैर घर भई हाल काठमाण्डौ जिल्लाको माछापोखरी बस्ने बर्ष १९ को मुन बहादुर रावत पक्राउ परेका हुन् ।
ललितपुरको महालक्ष्मी–१ ईमाडोल स्थितमा ग्वार्खो तर्फबाट ईमाडोल तर्फ आउदै गर्दा पक्राउ परेको हो ।
रावतलाई शंका लागि शरीर खानतलासी गर्दा एक हजार दरको नक्कली जस्तो देखिने ५ थान नियन्त्रणमा लिई ललितपुर जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसुर मुद्धामा म्याद थप भई अनुसन्धान भईरहेको महानगरीय प्रहरी परीसर ललितपुरका प्रवक्ता, एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

images
प्रकाशित मिति :बैशाख १२, २०७८ आइतवार - ०७:५२:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology