Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना संक्रमण भएपछी एमाले वरिष्ठ नेता खनाल नर्भिकको आइसियुमा

कोरोना संक्रमण भएपछी एमाले वरिष्ठ नेता खनाल नर्भिकको आइसियुमा

दैनिकी न्यूज

१८, बैशाख २०७८
कोरोना संक्रमण भएपछी एमाले वरिष्ठ नेता खनाल नर्भिकको आइसियुमा
images

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ । खनालको कोरोना पोजिटिभ भएर निमोनिया देखिएपछि शनिबार साँझदेखि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार खनालको स्याचुरेसन प्रतिमिनेट पाँच लिटर अक्सिजन दिँदा सामान्य अवस्थामा रहेको छ । नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बास्तोलाले निकालेको विज्ञप्तिमा भनिएको छ, 'उहाँलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य अवस्था सामान्य छ ।' खनाललाई पूर्वराजा ज्ञानेन्द्र शाहसँगै भीभीआईपी वार्ड भर्ना गरेर राखिएको अस्पताल स्रोतले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १८, २०७८ शनिवार - २०:३३:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology