Logo

आइतवार, श्रावण २४ गते २०८३

images

लुम्बिनी प्रदेशको उपनिर्वाचन मिति तोकियो

लुम्बिनी प्रदेशको उपनिर्वाचन मिति तोकियो

दैनिकी न्यूज

२२, बैशाख २०७८
लुम्बिनी प्रदेशको उपनिर्वाचन मिति तोकियो
images

काठमाडौं । राष्ट्रिय सभा सदस्य रहेका चन्द्रबहादुर खड्का निर्वाचित भएको दल नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेपपछि रिक्त रहेको सिटमा जेठ १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले बुधबार लुम्बिनी प्रदेशमा हुने उक्त उपनिर्वाचनको मिति घोषणा गरेको हो । 'लुम्बिनी प्रदेशको अन्य समूहको तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित माननीय चन्द्रबहादुर खड्काको रिक्त पदपूर्तिका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ५ बमोजिम नेपाल सरकारको मिति २०७८।१।१९ को निर्णयानुसार सम्वत् २०७८ साल जेठ १७ गते सोमबारका दिन राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मिति घोषणा भएको छ,' आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । उक्त उपनिर्वाचनका लागि बुधबार नै कार्यतालिका स्वीकृत भएको पनि श्रेष्ठले जानकारी दिए । निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार जेठ १७ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय लुम्बिनी प्रदेशको राजधानी तोकिएको दाङ जिल्लाको सदरमुकाम घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा स्थापना गर्ने निर्णय भएको पनि आयोगले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :बैशाख २२, २०७८ बुधवार - २३:१७:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology