Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गण्डकी प्रदेशमा अविश्वास प्रस्तावमाथि मतदानको मिति तोकियो, के होला गुरुङको भविष्य ?

गण्डकी प्रदेशमा अविश्वास प्रस्तावमाथि मतदानको मिति तोकियो, के होला गुरुङको भविष्य ?

दैनिकी न्यूज

२३, बैशाख २०७८
गण्डकी प्रदेशमा अविश्वास प्रस्तावमाथि मतदानको मिति तोकियो,  के होला गुरुङको भविष्य ?
images

पोखरा । मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथी मतदान गर्नको लागी गण्डकी प्रदेशको विशेष अधिवेशन वैशाख २७ गते बस्ने भएको छ । बिहीबार गण्डकी प्रदेश सचिवालयमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सो मिति तय गरेको हो । सभामुख नेत्रनाथ अधिकारीले परामर्श समितिको बैठकले सर्वसम्मत रुपमा विशेष अधिवेशनको मिति तय गरेको बताए । उनका अनुसार अविश्वास प्रस्तावमाथी पक्ष र विपक्षमा लिखित मत विभाजन गरेर मतदान गरिनेछ । यसअघि बैशाख १३ गतेदेखि सुरु भएको प्रदेशसभा बैठक वैशाख १५ देखि अनिश्चितकालका लागि स्थगित गरिएको थियो । अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ गते कै मध्यरातमा हिउँदे अधिवेशन अन्त्य गराएका थिए । चैत २५ मा सुरु भएको हिउँदे अधिवेशन जम्मा ३ दिन चलेको थियो । वैशाख १ मा जनमोर्चा र २ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीविरुद्ध कांग्रेस, माओवादी र जसपाका २८ सांसदले वैशाख २ मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । वैशाख २ मै तीन दलले विशेष अधिवेशनको माग गर्दै तत्कालीन प्रदेश प्रमुख अमिक शेरचन समक्ष निवेदन बुझाएका थिए । सो अनुसार प्रदेश प्रमुख शेरचनले वैशाख १३ मा विशेष अधिवेशन आह्वान गरेका हुन् । विशेष अधिवेशनको पहिलो दिनमै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वासको प्रस्ताव टेबुल गरेका थिए । वैशाख १४ गतेको बैठकमा सत्तारुढ दलले सबै सांसदको पीसीआर परीक्षण गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गरेको थियो । १५ गते दिउँसो १ बजेसम्म स्थगित भएर सञ्चालन भएको बैठकमा राजमोका सांसद खिमविक्रम शाही उपस्थिति नभएपछि राजमोकी सचेतक पियारी थापाले सांसदको खोजी गर्न माग गर्दै सचिवालयमा निवेदन दिएकी थिइन् । थापाले सांसदको अवस्था सार्वजानिक नभएसम्म संसद् स्थगित गर्न माग राखेकी थिइन् । जनमोर्चाको माग अनुसार संसद् बैठक अनिश्चितकालको लागि स्थगित भएको थियो । पोखराको चरक मेमोरियल अस्पतालमा भेटिएका सांसद शाही अहिले पनि सोही अस्पतालमा उपचारत छन् ।

images
प्रकाशित मिति :बैशाख २३, २०७८ बिहिवार - २३:४०:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology