काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबिच भेटवार्ता भएको छ । निकट स्रोतका अनुसार शुक्रबार साँझ करिब ६ बजे प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । राष्ट्रिय सभाको उपनिर्वाचन र नयाँ सरकार गठनका विषयमा उनीहरुबीच करिब आधा घण्टा छलफल भएको स्रोतले बतायो । गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेता देउवालाई भेट्न उनको निवास पुगेका थिए । वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसद्बाट विश्वासको मत लिने तयारी भएको बेला प्रचण्ड र देउवाबीच छलफल भएको हो । बिहीबार एमाले नेता माधवकुमार नेपाल र भीम रावल पनि देउवा भेट्न उनको निवास पुगेका थिए ।