Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तीन दिनको समय दिएर बहुमत सरकार बनाउन आह्वान

तीन दिनको समय दिएर बहुमत सरकार बनाउन आह्वान

दैनिकी न्यूज

२७, बैशाख २०७८
तीन दिनको समय दिएर बहुमत सरकार बनाउन आह्वान
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन नसकी पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छन् । सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिननसके पछि उनी पदमुक्त भएका छन् । विश्वासको मत लिन नसकेको जानकारी संसद् सचिवालयले गराएलगत्तै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् । संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ । यसअघि प्रधानमन्त्री ओली संसद्‍मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका मुख्य नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका थिए । आजको मतदानमा जम्मा २ सय ३२ जना सांसद सहभागी थिए । उनले विश्वास प्राप्त गर्नका लागि १ सय ३६ मत पाउनु आवश्यक हुन्थ्यो । ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए । विपक्षमा १२४ मत दिएका छन् । १५ तटस्थ र एमालेका २८ सांसद अनुपस्थित थिए ।

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - २३:१९:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology