Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोह्रखुट्टेबाट करिब ११ लाखसहित २५ जुवाडे प्रहरीको नियन्त्रणमा

सोह्रखुट्टेबाट करिब ११ लाखसहित २५ जुवाडे प्रहरीको नियन्त्रणमा

दैनिकी न्यूज

२९, बैशाख २०७८
सोह्रखुट्टेबाट करिब ११ लाखसहित २५ जुवाडे प्रहरीको नियन्त्रणमा
images

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेबाट जुवा खेल्ने २५ जना पक्राउ परेका छन् ।

मंगलबार प्रहरीको टोलीले काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेको फेवा दर्शन होटलबाट २५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

होटल सञ्चालक पिताम्बर गौतमसहित २५ जनालाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले पक्राउ गरेको हो।

प्रहरीले १० लाख ९० हजार बढी रुपैयाँसहित पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले क्यासिनोमा खेल्न प्रयोग गरिने क्वइनहरू समेत बरामद गरेको छ।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

images
प्रकाशित मिति :बैशाख २९, २०७८ बुधवार - ११:५७:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology