Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपाली कांग्रेस पदाधिकारी बैठक

नेपाली कांग्रेस पदाधिकारी बैठक

दैनिकी न्यूज

३०, बैशाख २०७८
नेपाली कांग्रेस पदाधिकारी बैठक
images

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरू भएको छ । देउवा निवास बूढानीलकण्ठमा बैठक बसेको हो ।

बहुमत सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७२ घण्टे समयसीमा घर्किँदै जाँदा दलहरूबीच आन्तरिक बैठक, नेताबीच भेटवार्ता तीव्र बनेको छ ।

पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि अन्य दलहरूसँग भइरहेका प्रयास तथा निचोड, अबको रणनीतिलगायतका विषयमा निर्णय गर्ने बताइएको छ ।

यसअघि जसपा नेता महन्थ ठाकुर र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग छुट्टाछुट्टै वार्ता गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नौ बजेसम्ममा संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आह्वान गरेकी छन् । सो समयभित्र राष्ट्रपति समक्ष दाबी पेस गर्ने काँग्रेसको तयारी छ ।

images
प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - १७:०४:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology