काठमाडौं । सरकारले फेरि अध्यादेश ल्याउने भएको छ । कोरोना भाइरस (कोभिड- १९) संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउनका लागि अध्यादेश ल्याउने तयारी गरेको एक मन्त्रीले जानकारी दिए । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार सिंहदरबारमा बसेको बैठकमा कानुनी अभाव र अड्चनका कारण कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणमा समस्या आएको कुरा उठेपछि सरकार अध्यादेश ल्याउने निष्कर्षमा पुगेको हो । कोभिडसम्बन्धि कानुन संशोधन गर्नका लागि 'फास्ट ट्रयाक' बाट अध्यादेश जारी गराउन लागिएको ती मन्त्रीले बताए । यसबारे कानुन मन्त्रीले भोलि साढे १० बजे बैठक बोलाएको छन् । कोरोनाले जोखिम ल्याएको र वि. सं. २०२० सालको ऐनले बाधा ल्याएको भएकाले अध्यादेशमार्फत कानुन ल्याउने तयारीमा सरकार जुटेको हो ।